प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध जनसेवाश्री, संसद विघटन बदर गर्ने न्यायाधीश पनि विभूषित

काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ता भनेर पदक दिइएको छ। दाहाललाई प्रसिद्ध जनसेवाश्री पदक दिने निर्णय गरेको हो।

मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि यही पदक पाएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन्।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर विरही, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का यो पदक पाउनेहरुको सूचीमा छन्।​

कानूनका विद्यार्थीहरु सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएर यो सूचीमा थपिएका छन्। यी दुवैजनाले यो मुद्दामा प्रभावकारी बहस गरेका थिए।

यस्तै संसद विघटन बदर गर्ने न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले प्रसिद्ध जनसेवाश्री पदक पाएका छन्। यो पदक पाउनेमा स्वर्गीय द्वारीका देवि ठकुरानी स्वर्गीय भीमदत्त पन्त पनि छन्।