काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोध गर्ने भएको छ।
एमाले ले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।
सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ।
एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको भट्टराईले बताए।