काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताएका छन्।
अध्यक्ष प्रचण्डले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल वाइसिएल को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दैअहिलेकै स्थितिमा एमसिसी पास नहुने बताएका हुन्।
‘यही स्थितिमा एमसिसी पास हुँदैन। किनकि हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौं, त्यसको जवाफ आएको छैन। जवाफ नआएपछि एमसिसी पास हुने कुरा हुँदैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने।
उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नगर्ने स्पष्ट पारेका थिए।