संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, प्रहरी घटनास्थल पुग्दै

काठमाडौं – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
घटना धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।
थप  विवरण आउन बाँकी रहेको छ ।

ratopati