काठमाडौं उपत्यकामा अर्को साताबाट विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने तयारी,त्रिविले पनि सञ्चालन गर्ने तयारी

काठमाडौं – उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय तहहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका छन् ।
काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालयह भौतिक रुपमै सञ्चालन गर्न सकिने जनाएको छ ।

यस्तै भक्तपुर नगरपालिकाले पनि विद्यालयह सञ्चालनको लागि गृहकार्य थालेको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले पनि अब भौतिक रुपमै कक्षा सञ्चालनको प्रकृया थाल्ने जनाएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुषालले उपत्यकाका तीन जिल्लाका प्रमूख जिल्ला अधिकारीको बेठकले विद्यालय सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर सञ्चलन गर्न आग्रह गरेसँगै सबै क्षेत्र खुलेकाले आफूहरूले पनि भौतिक रुपमै कक्षा सञ्चालन गर्न लागेको उहाँको भनाई छ । उपत्यका बाहिरका आंगिक व्याम्पसहरू पनि जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्लाका स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । अनलाईन कक्षा प्रभावकारी भएका क्षेत्रमा अनलाइन कक्षा नै सञ्चालन गर्न प्रोत्साहित गर्ने उहाँको भनाई छ ।