काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सुदुरपश्चिम र बागमती प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। र, बागमती प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।