कोभिड–१९ का कारण कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु 

बुटवल– काेराेना भाइरस (कोभिड–१९) का कारण नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ ।

गत शुक्रवार बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि एकदिन अस्थायी कोरोना विशेष अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको थियो ।

भेन्टिलेटरको सहायतामा उपचार भैरहेको गिरीको मंगलबार मृत्यु भएको नेपालीे कांग्रेस नवलपरासीका सभापति विष्णुप्रसाद पौडेलले पुष्टि गरे ।

पश्चिम नवलपरासीका ३८ वर्षीय गिरीको केहीसमय अघि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको अप्रेशन गरिएको थियो । त्यसलगतै उनमा श्वास प्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । न्युज अफ हेल्थ आवाजबाट ।