सुर्खेत – सल्यान बसाइँ सरेका राउटे समुदाय एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत आईपुगेका छन ।
केही महिनाअघि मात्रै सल्यान बसाइँ सरेका राउटे समुदाय फेरि सुर्खेत उक्लिएका छन् । सल्यानको कालिमाटी गाउँपापालिकाको च्यूरीबासमा बस्दै आएका यो जातीमा बुधबार एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएका हुन् । हाल उनी गुर्भाकोट नगरपालिका–१ सीमसार भन्ने ठाउँमा आइपुगेका छन् ।
बालिकाको मृत्यु भएपछि उनीहरु कम्तीमा १२ दिन त्यहीँ बस्ने खत्री बताउँछन् । ‘आफ्नो संस्कारअनुसार केहीदिन यहीँ ठाउँमा बस्ने र पछि अनेत्र जाने तयारी छ,’ खत्रीले भने, ‘बस्ती सीमसारमा बसेपनि सबै सामान बोटेचौर–सल्यान–तुल्सीपुर सडक खण्डको सुर्खेतस्थित गैरी बजारमा राखेका छन् । उनकाअनुसार उनीहरु जाजरकोट वा सुर्खेतको बड्डीचौरतर्फ जाने भन्नेबारे केही खुलाएका छैनन् ।
राउटे समुदायको संरक्षण, स्वास्थ्य हेरचाह र शिक्षाका लागि सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख जोडी शिक्षक खत्रीसहित उनको श्रीमती दुर्गा खड्का ‘खत्री’ र अहेब विनोदकुमार विसीलाइ बस्तीमै परिचालन गरिरहेको छ ।