झापा – झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट करीव १ लाख ५० हजार रुपैयाँ बराबरको एक सय २० तोला चाँदी बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको सो चाँदी सशस्त्र प्रहरीको बिओपी बग्राकटानबाट खटिएको टोलीले बरामद गरेको हो ।