अफगानिस्तानमा चर्किँदै तालिबानविरोधी प्रदर्शन, केही सहरमा गोली चल्यो

अफगानिस्तानका कयौँ सहरमा तालिबानविरुद्ध प्रदर्शन सुरु भएको छ। बुधबार अफगानिस्तानको जलालाबाद र खोस्त शहरमा मानिसहरुले झण्डासहित प्रदर्शन गरेका थिए।

अफगानिस्तानका कयौँ सहरमा बिहीबार पनि सर्वसाधारणले प्रदर्शन गरेका छन्। प्रदर्शन भएका शहरहरुमा राजधानी काबुल र पूर्वी शहर जलालाबाद पनि रहेका छन्।

यस क्रममा गोली पनि चलेका छन्। तालिबानले गोली चलाउँदा केही मानिसको ज्यान पनि गएको छ। तर यो समाचारको अझै पुष्टि भएको छैन। यो प्रदर्शन यस्तो दिनमा भइरहेको छ जुन बेला अफगानिस्ता ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको दिवस मनाइरहेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा काबुलमा पनि प्रदर्शन भएको देख्न सकिन्छ। त्यहाँ कयौंको संख्यामा सडकमा निस्किएका मानिसहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन्।

यो प्रदर्शनमा महिला पनि सहभागी भएका छन्। भिडियोमा एक महिलाले आफ्नो काँधमा झण्डा बोकेको देख्न सकिन्छ। केही मानिस नारा लगाइरहेका छन्, ुअल्लाह(ओ(अकबर।ु

तर सत्ता कब्जा गरेको तालिबानले अहिलेसम्म यसबारे केही बोलेको छैन। उता कुनार प्रान्तको राजधानी असदाबादमा निस्केको एक जुलुसमा गोली चल्दा कयौँ मानिस मारिएको समाचार आएको छ।

तर यस घटनाको अझै स्वतन्त्र पुष्टि भइसकेको छैन। बुधबार पनि असदाबादको अलावा जलालाबाद र खोस्त शहरमा मानिसहरुले अफगान झण्डासहित प्रदर्शन गरेका छन्। जलालाबादमा तालिबानको गोलीबारीमा कम्तीमा ३ प्रदर्शनकारीले ज्यान गुमाएका छन्।

अफगानिस्तानका प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेहले यी प्रदर्शनकारीको समर्थनमा ट्विट पनि गरेका छन्। ुहाम्रो झणडा उठाउनेलाई सलाम, उनीहरु देशको इज्जतका लागि उभिएका छन्।

उनले देशमा तालिबानको विरोधमा मानिसहरुलाई एकजुट गर्ने कोसिस पनि गरिरहेका छन्। उनले राष्ट्रपति असरफ गानीको अनुपस्थितिमा आफूलाई देशको कार्यवाहक राष्ट्रपति घोषित गरेका थिए।