भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना दिवसमा यहीं भदौ ४ गते सार्वजनिक बिदा दिने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार भदौ ४ गतेका दिन प्रदेशमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तिय संस्थाहरू पुर्ण रूपमा बन्द रहने बताइएको छ ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रालयले एक सूचना जारी गँदै यहीँ भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा हुने बताएका हुन् । उनले भने, ‘कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाको ज्यान गएको थियो’, ‘उनीहरूको सम्झनामा हरेक वर्ष कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गदैँ आएको छ ।’