वीरेन्द्रनगरका ६४ विद्यालयलाई ल्यापटप वितरण

सुर्खेत – कोरोना माहामारीलाई मध्यनजर गरी बैकल्पिक शिक्षा प्रयोजनका लागि वीरेन्द्रनगरका ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगरपालिका भित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १ वटाको दरले ल्यापटप वितरण गरेको हो ।

नगर उपप्रमुख मोहनमाया ढकाललका अनुसार कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै बैकल्पिक माध्यमबाट भएपनि पठनपाठनलाई निरन्तरता दिन र शिक्षालाई प्रविधिमय र गुणस्तरीय बनाउन ल्यापटप वितरण गरिएको छ । मंगलबार ६४ वटै विद्यालयका शिक्षकलाई ल्यापटप हस्तान्त्रण गरिएको उनको भनाइ छ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।

साथै उनले उनले विद्यालयलाई ल्यापटपको सहि सदुपयोग गरी शिक्षालाई प्रविधिमैत्री बनाउन निर्देशन दिएकी छन् । कोरोना माहामारीका कारण भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले विद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न सहजहोस् भन्ने उद्देश्यले ल्यापटप दिइएको नगरपालिकाले जनाएको छ ।