अछामका बोहरा प्रहरी ब्यारेकमै मृत भेटीए

अछाम, कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन् । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्।

अछामको साविक पायल गाविस वडा नं। ६ घर भएका बोहरा राति ब्यारेकमा ड्यूटि सकेर सुतेका थिए भने विहान ३ बजे ड्युटीको लागि साथिहरु उठाउन जाँदा ओछ्यानमै मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सुख्खडबाट प्रहरी निरिक्षकको टोली पठाईएको बताए ।

मृतक बोहोराको शव पोष्टमार्टम गरिसकेपछि अन्तिम संस्कारका लागि अछाम ल्याईने स्थानिय खडक बोहराले जानकारी दिएका छन । बोहोरा करिब ८ बर्ष देखि प्रहरी जवानमा कार्यरत थिए ।