काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ७२ जना सहित थप ६ सय ४१ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा पछिल्लो २४ घण्टामा मात्रै १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, ललितपुर ३८ जना र भक्तपुरमा ८ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ९ हजार २ सय २१ जना सक्रिय छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।