काठमाडौँ – कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी जेष्ठ नागरिकलाई २५ साउनबाट खोप दिइने भएको छ ।
भुटान र जापानले एस्ट्रेजेनकाको खोप उपलब्ध गराउने सुनिश्चित भएकोले सो अभियानको तयारी गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
महाशाखाका प्रमुख डा गौतमका अनुसार शुक्रबारमात्रै जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज खोप २ लट गरेर आइतबारभित्र पठाउने भएको छ । यस्तै, भुटानले भने ३ लाख डोज खोप नेपाल पठाइसकेको छ ।