देशभर ४६८ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा ९८ जनामा संक्रमण पुष्टि

काठमाडौं-काठमाडौं उपत्यकामा ९८ सहित थप ४६८ जनामा कोरोना भारइस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुर र भक्तपुरमा ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ ।