प्रदेश १ मा थपिए ८६ संक्रमित 

विराटनगर-मोरङमा ६४ जनासहित प्रदेश १ मा ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना संक्रमित थपिएका छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् ।

यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरि ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ जना महिला, जहदामा ३ जना, बुढीगंगामा २ जना, सुन्दरहरैचामा २ जना, सुनवर्षी, कानेपोखरीमा १ /१ जनालाई संक्रमण देखिएको छ । सुनसरीमा १७ पुरुष र २ महिला गरी १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरी ११ जना, रामधुनीमा पाँच पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । ओखलढुंगा, तेह्रथुम र उदयपुरमा १ /१ जनामा संक्रमण देखिएको छ ।