सुर्खेतका एक फरार अभियुक्त पक्राउ

सुर्खेत – सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१ बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।

फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ गरिएको घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *