पश्चिम युरोपमा आएको बाढीले १५० भन्दा बढीको मृत्यु

एजेन्सी – पश्चिम युरोपमा आएको भीषण बाढीमा हालसम्म १५० भन्दा बढीको मृत्यु भएको छ ।

उद्धारकर्मीलाई मानिसहरु खोज्ने चुनौती छ ।

रेकर्डस्तरको वर्षापछि जर्मनी र बेल्जियममा आएको भीषण बाढीमा सयौं हराइरहेका छन् ।

स्विटजरल्याउड, लग्जमबर्ग र नेदरल्याण्डमा पनि भारी वर्षा भएको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले देशको दक्षिणी प्रान्तमा आपतकाल घोषणा गरेका छन् ।

युरोपेली नेताले यो त्रासदीका लागि जलवायु परिवर्तनलाई जिम्मेवार बताएका छन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तनका कारण मूसलधारे वर्षाको सम्भावना बढ्दै गइरहेको छ ।

औद्योगिक युगको सुरुवातपछि संसारभरीको तापक्रम हालसम्म १.२ डिग्री सेल्सियस बढेको छ ।

जर्मनीका राष्ट्रपति फ्रेन्क वाल्टर स्टेनमायरले शनिबार बाढीबाट प्रभावित इलाकाको भ्रमण गरे ।

जर्मनीमा हालसम्म सयभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । वाल्टमायरले विध्वंस देखेर आफू हैरान भएको बताए ।

स्टेनमायरले भने, ‘पूरा इलाका बर्बादीको निशान हो । धेरैजसो मानिसहरुले आफ्नो जीवनभरीको कमाई गुमाएका छन् ।

शुक्रबार भारी वर्षाका कारण पैदा भएको स्थितिका कारण उद्धारकार्य पनि प्रभावित भइरहेको छ ।

फोन नेटवर्क टुटेको छ । सडक पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् र एक लाखभन्दा बढी घरमा बिजुली छैन ।

वर्षाले सबैभन्दा बढी प्रभावित उत्तरी प्रान्त भएको छ । राइन पेस्टफालिया, राइनल्याण्ड–पालाटिनेट र सारल्याण्ड नराम्रोसँग प्रभावित भएका छन् ।

अधिकारीका नुसार राइनल्याण्ड–पालाटिनेटको अर्हवीलर जिल्लामा शुक्रबार १३ सयजना बेपत्ता भए ।

यद्यपि, अधिकारीले यो आँकडा हरेक घण्टा कम भइरहेको बताए ।

एक स्थानीय नागरिकले समाचार एजेनसी एएफपीलाई भने, ‘यहाँको दृश्य कुनै युद्धक्षेत्र जस्तै छ । पानीले गाडीहरुलाई बगाएको छ, भवन भत्किएका छन् । चौतर्फी बर्बादीको दृश्य छ ।’

प्रान्तीय गृहमन्त्रीले स्थानीय मिडियासँगको कुराकानीमा मृतकको संख्या बढ्ने आशंका भएको बताए ।

#बीबीसी