काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ । आइतबार अपरान्ह पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो ।
आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादीको बैठक बस्दै छ । माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई बोलाएको छ । यस्तै नेपाली काँग्रेसको बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्दै छ ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालको भनाइ छ ।