सल्यान – सल्यानमा बलात्कार आरोपमा प्रहरीले एक वडासचिवलाई पक्राउ गरेको छ।
त्रिवेणी गाउँपालिका ५ का वडासचिव अमर कालाथोकीलाई १८ वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
गथ १९ गते सचिवले वडा कार्यालयमा नै बलात्कार गरेको गए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएकी र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारि दिनुभयो ।
ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।