एजेन्सी – मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए। रूसको पेट्रोपाभलोस्क(कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्क विच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा-निर्देशनालयले जानकारी दिएको छ। विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले जनाएको छ।