जसपा विवादमा तात्यो निर्वाचन आयोग

काठमाडौं – जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।

आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।

‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि बढ्छ,’ प्रमुख आयुक्त थपलियाले बुधबार राजधानीसँग भने ।

आयोगमा उपेन्द्र यादव पक्षले गत ४ असारमा आधिकारिकता विवाद निरुपण गर्न माग गर्दै निवेदन दिएको थियो । जसमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग)बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ’ भनिएको छ ।

राजधानी दैनिक