सुनको मूल्यमा ऐतिहासिक रेकर्ड- तोलाकै एक लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं – दैनिक ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य विहीबार(आज) पुनः उकालो लागेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै विहीबार सुनको मूल्य तोलामै ११ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।

आजै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार पुगेको महासंघले जनाएको छ । आजै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी १२ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔन्स २ हजार ६४ डलर हाराहारीमा कारोबार भइरहेको छ।