मेलम्चीमा फेरि बाढीले एक घर बगायो

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले एक घर बगाएको छ ।
शनिबार बिहान अविरल वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो ।
एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन ।

एक साताअघिको भीषण बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए ।