अदालतको फैसला अप्रत्याशित छ :एमाले प्रवक्ता प्रदिप ज्ञवाली

काठमाडौं – नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएको बताएका छन्।

सर्वोच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। यो अप्रत्याशित फैसला छु उनले  भने, अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’

अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेको समेत बताए।

हामी अहिले छलफलमा छौँ, पार्टीको बैठकपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा धारणा सार्वजनिक गर्छौुं उनले भने।

अब वर्तमान सरकारमा प्रधानमन्त्री केपी ओलीसहित उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठ मात्रै कायम छन्।

#थाहाखबर