काठमाडौं – देशभर २ हजार २९७ जनामा कोभिड पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोभिड पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन्।