अर्घाखाँची र प्यूठान जोड्ने पक्की पुल भत्कियो

प्यूठान – प्यूठानको ऐरावती गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ ।
प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको हो ।
उक्त् मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । भत्किएको पुल ३५ मिटर रहेको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले बताउनुभएको छ

संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा ७० मिटर लामो पुल निर्माण गरिएको थियो ।