प्रतिनिधि सभा विघटन गर्नुको कारण सर्वोच्चलाई प्रधानमन्त्री ओलिको लिखित जवाफ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुभएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई प्रतिनिधि सभा विघटनको कारण सोध्दै सात दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो।

प्रधानमन्त्री ओलीले सातौं दिनका दिन बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् जवाफ पठाउनुभएको हो

राष्ट्रपति कार्यालयले भने अहिलेसम्म लिखित जवाफ बुझाइनसकेको महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताउनुभएको छ ।

संवैधानिक इजलासले यसअघि जेठ २६ गते विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो।

इजलासले यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।