मालपोत कार्यालय सल्यानवाट झन्डै २ करोड राजस्व संकलन

सल्यान – गत अर्थिक वर्ष २०७६/०७७ मालपोत कार्यालय सल्यानले झन्डै दुई करोड राजस्व संकलन गर्न सफल भएको छ ।
मालपोत कार्यालय सल्यानवाट विभिन्न लिखतहरुबाट १ करोड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको मालपोत कार्यालय सल्यानका कार्यालय प्रमुख महादेव कसाईले जानकारी दिए ।
उनका अनुसार मालपोत कार्यालयबाट पारित हुने राजिनामा, बकसपत्र, नामसारी, अशंवण्डा, अशं भपाई , घर कायम, दृष्टिवन्धक, नाम संशोधनबाट गरी १ करोड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको हाे ।  गत आ.व.मा मालपोत कार्यालय सल्यानबाट ३ हजार रजिष्टेशन लिखत पारित भएको छ । नेपाल सरकारले मालपोत कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी ७ सय ९९ जनालाई २० लाख ४५ हजार ६ सय ३९ रुपैँया छुट दिएको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीेले बताए।
गत आ.व मा नामसारी ३ सय ६१ अदालतको आदेशबाट १ सय २० वटा दाखा, नाम संशोधन एक सय २०, शेषपछिको वकसपत्र दा.खा ६ जना, लगत कट्टा ५ जिल्लाको लिखत दाखा २ वटा लिखतपास गरेको उनकाे भनाइ छ ।
शहरी महिला ४६५ जना, ग्रामीण महिला ३ सय २६ जना गरी ७ सय जनालाई  २० लाख ४५ हजार ६ सय सय ३९ रुपैयाँ छुट दिइएको उनको भनाई छ । यस्तै शहरी दलित ८ जना ग्रामीण दलित २ गरी ८ जनालाई १६ हजार १ सय पचास रुपैयाँ छुट दिएको उनले जनाएका छन् ।