जनकपुरधाम – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट प्रस्तुत गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आज सोमबार प्रदेश सभाको छैठौं अधिवेशनको ९ औँ बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत रकम विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत, वित्तिय व्यवस्था तर्फ १० करोड अर्थात् ०।३० प्रतिशत विनियोजन गरिएको छ।
बजेटको स्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ९० करोड ३४ लाख रहेको मन्त्री यादवले बताए। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार रहेको छ।
राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब २५ करोड गरी जम्मा ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार बेहोर्दा १ अर्ब न्युन हुने देखिन्छ। सो न्यून रकम पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ।
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५।९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३।६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात् ०।४८ प्रतिशत विनियोजन गरिएको थियो।
यसअघि, गत आर्थिक वर्ष २०७६र७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो।
#थाहाखबर