सुर्खेत – कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाहीले उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
प्रदेशसभामा अहिले दिउँसो चार बजे आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्नुहुनेछ ।