काठमााडौं – एमालेका वरिष्ठ नेता झलनाथ खनालको नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको अस्पतालले बताएको छ।
आज बिहान पौने ८ बजे ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो।
खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।
उहाँलाइ हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।