एकल महिलालाई किराना र नास्ता पसलका लागि बाँके युुनेस्को क्लबद्धारा २ लाख सहयोग

नेपालगन्ज- बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आयआर्जनका लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको छ ।
कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खुलाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए।

उनले एकल महिलाको आयआर्जनसंगै आर्थिक उन्नतीका लागि पसल सञ्चालन गराईएको बताए  । विहिबार पसलको उदघाटन  खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले  गरेको सहयोग निकै सराहनीय रहेको जनाएका छन् । यसबाट उनको परिवारको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने उनकाे भनाई छ।

उनले आफ्नो वडामा सहयोग गरेकोमा कतार च्यारेटी र क्लब दुबैप्रति आभार व्यक्त गरे ।
यसैगरि क्लबका अध्यक्ष चौधरीले खनाल जस्तै अतिनै आर्थिक समस्यामा परेकाहरुका लागि आयआर्जनका लागि व्यवसायीक परियोजना सञ्चालन गरिएको जनाउँदै सहयोगको सदुपयोग गरेर व्यवसाय बढाउँदै लैजान आग्रह गरे।

सोही प्रकारले बागेश्वरी बहुउदेश्यीय कृषि बजार सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला न्यौपानेले सहाराविहिन एकल महिलाको लागि गरिएको यो सहयोग अतिनै ठुलो र महत्वपूर्ण रहेको बताईन।

क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, वित्त तथा प्रशासन प्रमुख वेद पंगाली र सदस्य फरमान अली सिद्दिकी लगायतको पनि उपस्थिति रहेको थियो ।

कतार च्यारेटीको सहयोगमा क्लबले बाँकेमा जिविकोपार्जनका लागि बाख्रा पालन, र जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरा पालन लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।