सुर्खेत – मानवअधिकार तथा शान्ति समाज सुर्खेतकाे अायाेजना र कर्णाली केयर अस्पतालको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।
‘रक्तदान जीवन दान‘ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
शान्ति समाज सुर्खेतका सभापति प्रकाश शाहीको सभापतित्वमा कर्णाली केयरका निर्देसक मनोरोग बिशेषज्ञ डा. सुशील समदर्शी ज्युको प्रमुख आथित्यतामा र सामजका केन्द्रीय सचिव पुष्पा मल्ल ज्युको बिशेश आथित्यतामा शाखाका निवर्तमान सभापति योगेन्द्र शाही ,शाखा उप सभापति प्रेम भण्डारी, सचिव दिपक गौतम,सह– सचिव सन्तोस सर्मा, सदस्यहरु दान ब. रोकाय, सम्झना बुढा,रमा के सी लगायतको उपस्थितिमा कार्यक्रम सफलता पुर्वक सम्पन्न भयको सभापति प्रकाश शाहीले बताउनुभएको छ।
उक्त रक्तदान कार्यक्रममा डा.रेखा रेग्मी सहित २० जनाले रक्तदान गर्नुभभएको थियो ।
कार्यक्रम सफलपार्न सहयोग गरकोमा कर्णाली केयर अस्पताल परिवार र रेडक्रस सुर्खेतलाई शान्ति समाज सुर्खेतका सभापति शाहीले धन्यवाद दिनुभएको छ ।