बिरामी परे झलनाथ खनाल, नर्भिक अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्तालबाट घर गएर खनाल आराम गरिरहेका थिए। उनलाई पुनस् स्वास्थ्यमा समस्या देखिएको छ।