कर्णाली प्रदेश सभाको बैठकमा समय कम भयपछि भोलिसम्मका लागि स्थगित

सुर्खेत – कर्णाली प्रदेश सभामा भोलि पनि नीति तथा कार्यक्रम छलफल हुने भएको छ ।

प्रदेश सभाको बैठकमा सांसदहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम नसकिएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले बताउनुभएको छ ।

सभामुख शाहीले आजको प्रदेश सभा बैठकमा छलफल नसकिएकोले थप छलफल भोलि हुने बताउनुभएको हो।