सुर्खेत – गाउँहरुले नै सडकमा उत्रिएपछि अन्तत सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही पछि हटेका छन् । वीरेन्द्रनगर–१३ करेखोलमा शुक्रबार अभियान्ता शाही र स्थानीय युवाविच भएको झडपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । घटनामा अभियान्ता शाहीको टोलीले होहल्ला गरेपछि स्थानीय युवाविच झडप भएको स्थानीयले दावी गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतम आज प्रदर्शन गरेका हुन् ।
प्रहरी कार्यालयमा भएको दुवै पक्षमा छलफलमा दुवै पक्षले गल्ती स्वीकार गरेपछि मिलापत्रबाट विवाद साम्य भएको हो । आफन्तले प्रहरी कार्यालयअघि निरन्तर धर्नामा बसेपछि अभियान्ता शाही छलफलका लागि पुगेका थिए । प्रहरीको रोहवरमा भएको वार्तामा दुवै पक्षले वीनवीन माध्यमबाट जान सकरात्मक देखिएपछि मिलापत्र भएको प्रहरी स्रोतले जनाएको छ ।
‘लिखित रुपमै प्रहरी समक्ष अभियान्ता शाही र स्थानीय युवाको टोलीविच सहमति भयो,’ स्थानीय मिना सलामीले भनिन्, ‘अभियान्ता शाहीले नियतले स्थानीय युवाहरुले आक्रमण नगरेको र गल्ती दुवै पक्षले स्वीकारेपछि प्रहरीले पाँच जनालाई रिहाइ गरेको हो ।