गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आजै सपथ खाने

जसपाको तर्फबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद माननीय राजिव गुरुङले मन्त्रीको सपथ लिने पक्का

गण्डकी प्रदेश – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र  पोखरेल नियुक्त हुनुभएको छ

संविधानको धारा १६८ ५ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर दाबी पेस गर्न आग्रह गर्नुभएको थियो

विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर शुक्रबार ५ बजे नै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

नवनियुक्त मुख्यमन्त्री  पोखरेलले आजै पद तथा गोपनीयता सपथ खादैहुनुहुन्छ ।

यस्तै जसपाको तर्फबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद माननीय राजिव गुरुङले मन्त्रीको सपथ लिने पक्का भएको बताइएको छ।

सांसद आचार्यका अनुसार मुख्यमन्त्रीसहित पाँच जना आजै विना विभागीय मन्त्रीमा नियुक्त हुनेछन् ।