राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन जिल्ला अदालत सुर्खेतको आदेश

सुर्खेत – राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ।
शुक्रबार न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यले दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन आदेश दिनुभएको हो।

युट्युबबाट भिडियो नहटाय साइट बन्द गर्नसमेत अदालतले आदेश दिएको छ। युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।

‘आदेशमा भनिएको छ, युट्युब लगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ। यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारबाहीका लागि लेखि पठाउनू’ ।