कर्णाली प्रदेशका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग

सुर्खेत –  कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिएका सुर्खेतका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई छिट्टै कारवाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले आग्रह गरेको छ ।


घटनाबारे संघले ध्यानाकर्षण पत्र निकाल्दै चिकित्सकमाथि हातपात गर्नेलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि –पहिलो संसोधन० अध्यादेश २०७८ बमोजिम पुर्वक्षका लागि थुनामा राखी हदैसम्मको जरीवाना र कैद तोक्न आग्रह गरेको हो ।
साथै हातपातबाट घाईते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा। संकरप्रसाद रिजाल, चिकित्सक डा। यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्र्मीको उपचारका लागि उचित क्षतिपुर्ती दिलाउन समेत संघले आग्रह गरेको छ ।
प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको आइसोलशनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्धोयमाथि विहिबार साझँ १५, १६ जनाको समूहले आक्रमण गरेको थियो । उनीहरु बिरामीको सेवापछि घर फर्किने क्रममा बाटोमा बसेको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।