काठमाडौं – प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ ।
बुधबार बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाए ।
बैठक अघि बढाउनका लागि सभामुख राजबहादुर शाहीले पटक–पटक आग्रह गरे पनि अवरोध जारी भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
त्यसअघि बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए ।