कर्णाली प्रदेशसभा : संसद सुचारू गर्न बसेको सर्वदलिय बैठक निस्कर्षविहिन

सुर्खेत – लगातार स्थगन हुदै गएको कर्णाली प्रदेश सभा बैठक सुचारु गर्न बुधबार बसेको सर्वदलिय बैठक निस्कर्षविहिन टुंगिएको छ ।

कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई प्रदेश सभा बैठक तथा पदबाट निकाल्न माग गर्दै प्रतिपक्षी दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । बजेट अधिवेशन सुरु भएपछि सोमबार र मंगलबार पटक पटक स्थगित भएको बैठक खुलाउने विषयमा सरकार पक्ष र प्रतिपक्षबीच मंगलबार बसेको बैठक पनि सहमतीविनै टुंगिएको थियो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग लागेका मन्त्री थापालाई प्रदेश सरकारले मन्त्री बनाएको भन्दै त्यसको विरोध गर्दै आएका छन् । उनलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नदिने एमालेको अडान कायमै छ । सहमति जुटाउन बुधबार दिउसो १२ बजे प्रदेश सभामा सर्वदलिय बैठक बसेको थियो ।