कोरोनाको मूल श्रोत दशकौं देखि चमेरो भएको निस्कर्ष – अध्ययन

कोरोना भाइरस सम्बन्धि एक नयाँ एवम् रोचक तथ्य सार्वजनिक भएको छ । कोरोना भाइरसको उद्विकास सम्बन्धि अध्ययन गर्ने क्रममा प्राप्त तथ्य अनुसार कोरोनाको उत्पत्ति चमेरोबाट भएको पाइएको छ । यति मात्र नभइ यो प्रक्रिया दशकौं देखि चल्दै आएको र यसप्रति कसैको पनि ध्यान नगएको सो अध्ययनले बताएको छ । विश्वभरका वैज्ञानिकहरुको समूहले भाइरसको उत्पत्ति सम्बन्धि ट्रेसिङ गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । नेचरमा प्रकाशित उक्त समाचारका अनुसार दशौं वर्ष देखि चमेरोले नै सार्स–कोभ–२ भाइरसलाई जन्म दिँदै आएको छ । तर, यसतर्फ भने हालसम्म कसैले पनि ध्यान गएको छैन । यस सम्बन्धि बोल्दै विज्ञान लेखका पुरस्कार विजेता लरी ग्यारेटले पनि आफ्ना ट्वीटरमार्फत यस अध्ययनका धेरै महत्वपुर्ण पक्ष भएको बताएका छन् ।हेल्थअावाज ।