काठमाडौं – नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।
खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । उनले भनिन्, औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ ।
उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ, जस्तो-मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि रु,ु उनी भन्छिन् ।
ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, ुयस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या रु अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।