कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

सुर्खेत – कर्णाली प्रदेशसभाको बजेट अधिवेशनकाे पहिलो वैठक आज दिउँसो दुई बजे बस्दैछ ।

सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको वैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको वैठकले निर्धारण गरेको छ ।

यसका अलावा सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सुची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारि दिनुभयो।