हाम्रो जनप्रतिनिधी खोई ?निर्दाेष भए रिहा गर, कि उप निर्वाचन गर

 

धनगढी- कैलालीको क्षेत्र नं. १ जनप्रतिनिधी विहिन भएको भन्दै टीकापुरमा युवाहरूले आन्दोलन सुरू गरेका छन् ।
मंगलबार स्वतन्त्र युवा समूहले आयोजना गरेकाे  ¥यालीमा टीकापुरका युवाहरु स्वस्फुर्त उपस्थित भएका हुन ।

¥यालीमा युवाहरु हाम्रो जनप्रतिनिधी खोइ ?, जनप्रतिनिधी विहिन बनाउन पाइदैन, टीकापुरको विकास खोइ ?, निर्दाेष भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड र नारा लगाएका थिए ।
यस्तै कोण सभामा क्षेत्र नं. १ विगत तिन बर्ष देखि जनप्रतिनिधी विहिन रहेको तर सम्बन्धित निकाय कुनै चासो नदेखाएकोले युवाहरू सडकमा आउनु परेको हाे ।
सभालाई सम्बोधन गर्दै युवा गणेश वलीले भने–‘कैलाली क्षेत्र नं. १ का सांसद रेशम चौधरी जेलमा छन् । तर राज्यले न उपनिर्वाचन गर्याे, न उनको रिहाइ । पार्टी र नेताहरू आफ्नो सहजता हेर्दै चुपचाप छन् तर जनतालाई जनप्रतिनिधी विहिन बनाइएको छ ।’
सभालाई सम्बोधन गर्दै अर्का युवा लोक बहादुर बुढाले भने–‘सांसद नहुदा विकासमा बाधा भयो, टीकापुरका कुरा सांसदमा कस्ले सुनाइ दिने ? निर्वाचित सांसद जेलमा छन्, उप निर्वाचन गर्नु पर्थ्याे दोषी नभए आफ्नो क्षेत्रमा काम गर्न रिहा गर्नु पर्थ्याे ।’
त्यस्तै अर्का युवा अनुज हमालले अब युवा नै अग्रसर नभएसम्म टीकापुरमा विकास नहुने बताए । राजनीतिकर्मी, व्यापारी लगायतले टीकापुरको विकास र जनताको अधिकारका लागी चासो नदिएको उनिहरुकाे छ।
अधिकारको खोजी गर्न सुरूवात भएको र यसैगरी बाँकी बर्षहरू पनि बित्ने स्थिति आए कडा आन्दोलन गर्ने युवाहरूले चेतावनी दिएका छन् ।

साथै सम्पुर्ण क्षेत्र नं. १ का जनता, व्यापारी, राजनैतिक दल, बुद्धीजिवीलाई पनि यस विषयमा अग्रसर भइदिन अनुरोध गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरी निर्वाचित भएका थिए । उनले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए ।
सांसद चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २०९३५ मत अन्तरले पराजित गरेका थिए । सांसद चौधरीले ३४३४१ मत प्राप्त गरेका पाएका थिए भने शाहले १३४०६ मत प्राप्त गरेकी थिइन् ।
थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो ।
सो घटनामा दोषी रहेको अभियोगमा जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।