सुर्खेत – राउटे परिवारलाई पचिय–पत्र दिएको दैलेखको गुराँस गाउँपालिकाले युवतीसँग दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही को माग गरेको छ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख राउटे समुदायका युवतीलाई दुर्व्यवहार गर्न ती युवाहरुलाई कार्वाही गर्न माग गरेको हो ।
राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानविन गरि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो । ‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।’
गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती ९जोगी०, भुपेन्द्र बुढा र होटल सञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’