सुर्खेत – कर्णालीमा थप २६० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको २१६ जनाको आरटी पीसीआर परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ । ६१५ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप १३९ जनामा पुष्टी भएको हो ।
योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६८ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ ।
कर्णालीमा हालसम्म १९ हजार पाँच सय ९१ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप ४५७ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको जनाईएको छ ।