पाँच लाख नगद र ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाइ पक्राउ गरेको छ । वीरेन्द्रनगर-६ गोदामलानइमा रहेको मिलन रेस्टुरेन्टबाट सञ्चालकसहित चार जनालाइ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालन ५४ वर्षीय बिष्णुदेबी शाही र होटलमा काम गर्ने वीरेन्द्रनगर-६ बस्ने बर्ष १८ को गौरब क्षेत्री, गुराँस गाउँपालिका-५ बस्ने बर्ष २१ की सरु शाही र रेष्टुरेन्टमा बसेका वीरेन्द्रनगर-९ का बर्ष १८ को प्रदिप खत्री पक्राउ हुन्।

शंकास्पद रुपमा बसेको अबस्थामा निजहरुको शरिर तथा रेष्टुरेन्ट खानतलासी गर्दा सञ्चालक बिष्णुदेबीले बोकेको सलमा पोको पारी लुकाई छिपाई राखेको तीन पुडिया र सोही होटलको कोठाको पंखा माथी लुकाई छिपाई राखेको सेतो झिलझिले कागजमा पोको पारी राखेको ७८ (अठहत्तर० पुडीया लागु औषध ९ब्राउनसुगर ० गरी जम्मा ८१ ९एकासी० पुडिया ब्राउन सुगर प्रहरीले बरामद गरेको जनाइएको छ ।

सात ग्राम ४५० मिलिग्राम लागु औषध ब्राउनसुगर र ५ वटा प्रयोग नभएको नाईट्रोभेट ट्याब्लेट, स्रोत नखुलेको बिभिन्न दरका नेपाली र भारतिय रू पाँच लाख आठ हजार दुइसय नगद रूपैया पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।